Deep Boarding High School
Education is the light of life
 

Summer Vacation 2075

 
    मितिः २०७५-०२÷१८
आदरणीय अभिभावकज्यू
नमस्कार । 
विद्यालयको शैक्षिक क्यालेन्डरमा उल्लेख भए अनुसार शैक्षिक–सत्र २०७५ को लागि गर्मी विदा (Summer Vacation ) यही ज्येष्ठ २० गते आइतबारदेखि असार १५ गते शुक्रबारसम्म रहेको जानकारी गराउँदै असार १७ गते आइतबारबाट विद्यालय यथावत् रुपमा सञ्चालन हुने भएकाले उक्त दिन सबै विद्यार्र्थीहरूलाई अनिवार्य रुपमा विद्यालयमा उपस्थित गराइदिनु हुन अनुरोध गर्दछौँ । साथै २०७५ ज्येष्ठ २० र २१ गते अनि असार १३, १४ र १५ गते विद्यालयको लेखा शाखा (Account Section) खुल्ला रहने कुराको पनि जानकारी गराइन्छ । अत ःअसार ३१ गते आइतबारबाट प्रथम त्रैमासिक परीक्षा सञ्चालन हुने हुनाले आफ्ना बाबुनानीहरूलाई सोही अनुसार पठन–पाठनमा सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ ।       साथै गर्मी विदाको लागि दिइएको गृहकार्य सफा–सुग्घरसाथ गर्न लगाई विद्यालय खुलेको पहिलो दिन नै विषय शिक्षक लाई बुझाउनुहुन र  कक्षा १ देखि कक्षा ६ सम्म गृहकार्यका विषयगत प्रश्नहरु हाम्रो विद्यालयको वेभसाइड (www.deepboarding.edu.np) मा उपलब्ध गराइएको कुरा जानकारी गराइन्छ ।
सहयोगको लागि धन्यवाद ।